२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


तालीवानीका चार प्रभावशाली नेता जसले सम्हाल्ने भए सत्ता


0
Shares

एजेन्सी । तालीवान बिद्रोहीले अफगानिस्तान पुरै नियन्त्रणमा लिन आफूहरुलाई सय दिन लागेको बताएको छ । राष्ट्रपति भवन नियन्त्रणमा लिएपछि प्रेस बिज्ञप्ती जारी गर्दै तालिवानले एक सय दिनमा सिंगो देश नियन्त्रणमा लिन सफल भएको बताएको हो ।

सन् १९९६ देखि सन् २००० सम्म चार बर्ष तालिवान सत्तामा रहेका थिए । अब तालीवानीका चार प्रभावशाली नेताले सत्ता सम्हाल्ने पनि उनीहरुको बिज्ञप्तीमा उल्लेख छ । जसमा हेबतुल्लाह अखुंदजादा, मुल्ला बरादर, सिराजुद्दीन हक्कानी र मुल्ला याकुव रहेका छन् ।

सन् २०१६ मा अमेरिकी ड्रोन हमलमा तालीवानी नेता मुल्ला मंसुर मारिएपछी अखुंदजादा प्रभावशाली नेताका रुपमा आएका हुन् । कान्दाहारमै हुर्केका अर्का नेता मुल्ला बरादरले सन् २०१० मा पाकिस्तानमा गिरफतारीमा परेर छुटेका नेता हुन् ।

यसैगरी अर्का नेता सिराजुद्दीन तालीवानी नेता जलालुद्दीन हक्कानीका छोरा हुन् । जो अफगानिस्तानको प्रान्तीय राजधानी कब्जामा उनको भुमिका रहेको थियो । अर्का नेता मुल्ला याकुव हुन् जो यी तीन मध्ये अफगानिस्तान नियन्त्रणका योजनाकारका रुपमा परिचित छन् ।