१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


चितवन बाढीपीडितलाई सरकारको आश्वासन मात्रै, एक महिना बितिसक्दा पनि टेन्टमै बास


0
Shares

डोलराज रानाभाट
चितवन । चितवनको कालिका नगरपालिकाका बाढी पीडित अझै घरबारवीहिन छन् । वडा नम्वर १० र ११ का बासिन्दाको घरखेत नै बाढीले बगाइदिएको एक महिना पुगिसक्दा पनि उनीहरु टेन्टको वासबाट मुक्त हुन पाएका छैनन ।

बाढी पीडितले बल्ल तल्ल अल्पकालीन राहत त पाए । तर, एक महिना बितिसक्दा पनि स्थायी वास र गाँसको टुँगो अझै लाग्न नसक्दा यहाँका बाढीपीडितले कष्टकर जीवन बिताउनु पर्ने बाध्यता छ । तीनै तहका सरकारले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दे आश्वासन बाँड्दै फर्कीए तर, अहँ अहिलेसम्म उनीहरुको पीडा अहिले पनि ज्यूँका त्यूँ छ ।

कालिका नगरपालिका ११ सिद्धीकी निरमाया चेपाङलाई कलकल बगिरहने मजवङ खोला यति निष्ठुरी होला भन्ने कहिल्यै लागेकै थिएन् । आफ्नो दुःख सुख र कर्मको साथी झै बनेको योे खोला उर्लिएपछि अहिले उहाको न बास छ न गाँस ? सबै खोसेर लग्यो ।

उन्को भन्दा कम पीडा छैन सनिता चेपाङको पनि । बाढीले घरजग्गा सँगै बाँच्ने साहारा बनेका पशु चोपाया सबै आँखै अगाडि बगायो । ज्यानको लुगा मात्रै वाँकी भएपछि अहिले उनले बसोवास र खाद्यन्न उब्जने जमिनको व्यवस्था मिलाइदिन अनुनय विनय गरी रहेकी छन् । तर, उनको अनुनय बिनय कसैले सुनेको छैन् ।

बाढी पीडितहरुको रोदन र वेदनामा रमाउने त धेरै भए तर, उनीहरुको हार गुहार सुन्ने फूर्सद कसैलाई भएन् । आफ्ना लालाबालासहित आफन्तकोमा आश्रय लिएर कति दिन बस्ने भन्ने उनको पिरलो छ । उनीहरुजस्तै वडानम्वर १० र ११ का तीन दोभान, निवुवाटार, क्रेइलिङ, होइलिङ, चेउराङ, कामिमाङका करिव २१ घरधुरीका बासीन्दालाई बाढीले ठूलो क्षती पु¥याएन मात्र सबैलाई उठीबास लगायो पनि ।

बाढीपीडितको बिल्लीबाठ देखेर नै काठमाडौंको ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीले आफै संकलन गरेर २ लाख रुपैया बरावरको खाद्यन्न, लत्ताकपडा वितरण गरेका छन् । तर, यहाँका जनप्रतिनिधिहरुलेभने हेर्ने र जाने बाहेक अरु काम गरेका छैनन् । केही समयका लागि राहत त मिल्यो । तर, न उब्जनी गर्ने जमिन छ ? न रातमा ढुक्कले निदाउन सक्ने अवस्था नै छ ? त्यसैले बाढी पीडित विपन्न चेपाङको पीडालाई सम्बोधन गर्न अब ढीलाई गर्न हुन्न । (भिडियो हेर्नुहोस्)