काठमाडौं । साउन महिनाको अन्तिम सोमबार पशुपतिमा भक्तजनहरूको भीड लागेको छ ।
साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरू आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिनाभर नै व्रत बस्ने गर्दछन् । विशेष गरेर साउनको सोमबार भगवान शिवका मन्दिरहरूमा व्रतालुको भीड लाग्ने गर्दछ ।
सोमबार महिलाहरू आराध्यदेव महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन् । साउनको अन्तिम सोमबार पूजाआजा गरी महिलाहरू व्रत समापन गर्दैछन् ।
बाहिर दर्शनार्थीको भीड भएकाले पुशपति क्षेत्र विकास कोषले व्यवस्थित गरेर पूजा गर्न दिनुपर्ने श्रद्धालुहरू बताउँछन् । मन्दिर भित्र जान नदिँदा बाहिर झनै भीड भएको र व्यवस्थित हुन नसकेको उनीहरूको गुनासो छ ।
कोरोना महामारीका कारण सरकारले हिन्दू धर्मावलम्बीहरूका आराध्यदेव पशुपतिनाथको मन्दिरमा व्रतालुलाई प्रवेश गर्न दिइएको छैन । तथापि मन्दिरमा पुजारीबाटक दैनिक पूजा भने भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्