१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अफगानिस्तानमा नागरिकको भागाभाग, देश छाड्नेको ताँती


0
Shares

एजेन्सी । अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि त्यहाँका नागरिहरू भागाभाग भएका छन् ।

आतंकित बनेका उनीहरु राजधानी काबुलबाट धमाधम बाहिरिएका छन् । काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कोलाहलपूर्ण अवस्था रहेको छ ।

अमेरिकी सेनाले घेरा हालेको विमानस्थलमा धेरै मानिस देश छोडेर जानका लागि ओइरिएका छन् । तालिवानले विमानस्थलबाट बाहिर जानेहरुलाई अहिलेसम्म कुनै अवरोध गरिएको छैन ।

विभिन्न देशहरुले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई जहाज चार्टर्ड गरेर पनि स्वदेश फर्काइरहेका छन् ।