१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा भदौ १० गतेसम्म निषेधाज्ञा थप


0
Shares

स्याङ्जा । जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै भदौ १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

कोभिड संक्रमणको नियन्त्रणका लागि भन्दै वैशाख २१ गतदेखि जारी निषेधाज्ञा पुनः १० दिनका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञा थपिए पनि खुकुलो पार्दै लैजाँदा संक्रमणको जोखिम पुनः बढेको छ । जिल्लामा कोभिडको डेल्टा प्लस भेरियन्टसमेट देखिइसकेको छ ।

जारी निषेधाज्ञामा बैंक तथा वित्तिय संस्था स्वास्थ्य सुरक्षामा मापदण्ड पूरा गरी सञ्चालन गर्न पाइने छ भने औषधि र खाद्य सामग्री खरिदका लागि बिहान ५ देखि साँझ ७ बजेसम्म पसल खोल्न पाइने छ । अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ ।

निषेधाज्ञा जारी भए पनि कार्यान्वयन पक्ष फितलो देखिँदा यसको प्रभावकारितामाथि प्रश्न उठेको छ ।