२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस


0
Shares

काठमाडौं । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो । अधिवेशन सोमबार मध्यराति १२ बजेपछि लागू हुने गरी अन्त्य गर्ने सिफारिस गरिएको उहाँले बताउनुभयो ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाले पुनः ब्युँताइदिएको थियो । फैसलामा पाँच दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन भनिएको थियो ।

भदौ ३ गतेदेखि पुनः सुरु भएको प्रतिनिधिसभा बैठक औपचारिकतामा मात्र सीमित भएको छ । शून्य र विशेष समयमा सांसद्हरुले बोल्ने बाहेक प्रतिनिधिसभाबाट कानुननिर्माण सम्बन्धी गतिविधिले तीव्रताका साथ प्राथमिकता पाएको छैन ।