युरोपियन यूनियन (ईयू) ले प्राधिकरण टुक्राउन नभनेको जिकिर गर्दै युनियनका प्रवक्ता अनिलकुमार गुप्ताले निहित स्वार्थका लागि सरकारले प्राधिकरणलाई टुक्राउन लागेको आरोप लगाउनुभयो ।
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण टुक्राएर दुई वटा प्राधिकरण बनाउन लागेको विरोधमा कर्मचारी ट्रेड यूनियनले एक साता लगातार गर्दै आएको आन्दोलन सोमबार पनि जारी छ ।
प्राधिकरण अन्तर्गतको कर्मचारी ट्रेड युनियनले बबरमहलस्थित प्राधिकरणको मुख्य कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो ।
युरोपियन यूनियन (ईयू) ले प्राधिकरण टुक्राउन नभनेको जिकिर गर्दै युनियनका प्रवक्ता अनिलकुमार गुप्ताले निहित स्वार्थका लागि सरकारले प्राधिकरणलाई टुक्राउन लागेको आरोप लगाउनुभयो ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ ल्याएर प्राधिकरण खण्डित गर्न खोजेको छ ।
प्रतिक्रिया दिनुहोस्