१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विनियमावली खारेजीको माग गर्दै टेलिकमका कर्मचारीको आन्दोलन


0
Shares

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरूले विनियमावली खारेज गर्न माग गरेका छन् ।

आफ्ना सेवा सुविधा कटौती गर्ने गरी साउन १ गतेदेखि लागू भएको विनियमावली तत्काल फिर्ता नलिए व्यवस्थापन विरुद्ध अझ कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

कम्पनी सञ्चालक समिति र व्यवस्थापनले ४ हजारभन्दा बढी कर्मचारीको प्रतिकूल हुने गरी विनियमावली ल्याएको भन्दै केन्द्रीय कार्यालय परिसरमा जारी अनसनलाई निरन्तरता दिइएको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरीले जानकारी दिनुभयो ।

टेलिकम कर्मचारीहरूले गत साउन ५ गतेदेखि केन्द्रीय कार्यालयमा धर्ना सहितका विरोध कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।