१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरामा प्रशिक्षण


0
Shares

पोखरा । एशियन कप र १३ औं साफ च्याम्पियनसिप तयारीमा रहेको पुरुष राष्ट्रिय फुटबल टोलीले पोखरा रंगशालामा प्रशिक्षणमा छ ।

बन्द प्रशिक्षणका लागि पोखरा आइपुगेको टोलीले करिब १ महिना पोखरामा प्रशिक्षण गर्नेछ । प्रशिक्षण पछि नेपाली टोलीले भारतसँग मैत्रीपूर्ण अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्नेछ भने माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको लागि प्रस्थान गर्ने एन्फाले जनाएको छ ।

प्रशिक्षणमा कप्तान किरण चेम्जोङ सहितको टोली रहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।