क्षमताका आधारमा २ हजार ८ सय ३५ देखि बढीमा ४ हजार ३ सय ३५ रुपैयाँ भाडा दर कायम गरिएको बस्नेतले जानकारी दिनुभयो ।
चितवन । बुद्ध एयरले नयाँ उडान सुरु गरेसँगै चितवनसहित मुख्य पर्यटकीय गन्तव्यहरू जोडिएका छन् ।
काठमाडौं–भरतपुर र भरतपुर–पोखरा उडान गरिरहेको बुद्धले गएको आइतबारदेखि भरतपुर–भैरहवा दोहोरो उडान सुरु गरेको हो ।
हप्ताको तीन दिन आइतबार, बुधबार र शुक्रबार १८ सिट क्षमताको जहाजले उडान भर्ने बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले जानकारी दिनुभयो ।
क्षमताका आधारमा २ हजार ८ सय ३५ देखि बढीमा ४ हजार ३ सय ३५ रुपैयाँ भाडा दर कायम गरिएको बस्नेतले जानकारी दिनुभयो ।
देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिँदा यसले देशको अवस्था सहज भएपछि पर्यटक बढाउने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्