१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटामा भदौ १० गतेसम्म निषेधाज्ञा थप


0
Shares

धनकुटा । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले भदौ १० गते सम्म जिल्लाभर लागू हुनेगरी निषेधाज्ञा थप गरेको छ ।

सोमबार राति १२ बजेसम्म जारी निषेधाज्ञाको समय थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले जानकारी दिनुभयो । निषेधाज्ञामा विद्यालय, हाटबजार, सिनेमाहल लगायतका अन्य भीडभाड हुने स्थान बन्द रहने उहाँले बताउनुभयो ।

यद्यपि खाद्य तथा अन्य व्यवसाय, सबै किसिमका सार्वजनिक यातायात स्वाथ्य मापदण्डको पालना गरी खोलिएको छ । धनकुटामा चहल पहल बाक्लिदै गएको छ भने अझै १ सय ६७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।