२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अफगानिस्तान तालिबानको नियन्त्रणमा जानुमा अफगान सरकार जिम्मेवार छ : बाइडेन


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान तालीवानको नियन्त्रणमा जानुमा अफगान सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले तालीवानको सामना नगरी राष्ट्रपति देश छोडेर भाग्नु र अफगानी सेनाको लाचारीपनका कारण देश तालीवानीको हातमा गएको आरोप लगाएका हुन । अफ्गानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको भने बाइडेनले बचाउ गरे ।

यसैबीच बेलायतले अफगानिस्तानमा रहेका आफना नागरिकहरु फर्काउन थप २ सय सैनिक अफगानिस्तान पठाएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार अफगानिस्तान गएका सैनिकहरुले यसअघि नैं त्यहाँ खटिएका ७ सय बेलायती सैनिकलाई सहयोग गर्नेछन् ।

अफगानिस्तान तालीवानी बिद्रोहीको कब्जामा गएपछी अफगानिस्तानका बिमानस्थलमा देश छोड्नेको लर्को लागेको छ । बिमानस्थलमा अहिले पनि हजारौंका संख्यामा नागरिकहरु देश छोड्ने क्रममा रहेका छन् । यसैबीच ७ सय ५० अफगानी सेना छिमेकी मुलुक उज्बेकिस्तानमान शरण लिन पुगेका छन् ।