एजेन्सी । दक्षिण अफ्रिकी मुलुक जाम्बियामा राष्ट्रपति हाकैंडे हिचिलेमा चयन भएका छन् । जाम्बियामा हालै सम्पन्न चुनावमा ५० प्रतिशत मत ल्याई बिजयी भएका हुन ।
जाम्बियामा हालै सम्पन्न निर्वाचनमा उनले कुल मतको २८ लाख प्राप्त गरी विजयी भएका हुन । बर्तमान राष्ट्रपति इदगार लुंगुले भने १८ लाख मत प्राप्त गरेका छन् । हिचिलेमा यसअघि पाँच पटक राष्ट्रपतिको उम्मेदवार बनेपनि जित हासिल गर्न सकेका थिएनन् । जाम्बियाका इतिहासमा कुनै पनि राष्ट्रपतिले ५० प्रतिशत भन्दा बढी मत ल्याई बिजयी भएको यो पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस्