काठमाडौं । प्रदेश नंबर १ को बजेट अधिवेसन अन्त गरिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन भएकोमा सरकारको सिफारिसमा प्रदेश प्रमुखले गए रातीदेखि नै अधिवेशन अन्त्य गरिदिएकाे हाे ।
आईतबार सभामुखले प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्न बनेका विधेयकमा संशोधन दर्ता गराउन आजसम्मको समय सांसदहरुलाई दिनुभएको थियो । बजेट अधिवेशनका २८ वटा बैठकले प्रदेश सरकारको बजेट, नीति तथा कार्यक्रम पारित गर्नुका साथै प्रदेश कृषि व्यावसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्