काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि बैठक बोलाउनु भएको हो ।
सरकारले संसद् अधिवेशन अन्त्य गरेको भोलिपल्टै ओलीले स्थायी कमिटी बैठक डाक्नुभएको हो । सरकारले एमाले विभाजनको उद्देश्यले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने तयारी गरेको चर्चा चुलिएको बेला डाकिएको एमाले स्थायी समिति बैठकलाई चासोपूर्वक हेरिएको छ ।
गएराति अध्यक्ष ओलीले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागेको भन्दै यो क्षम्य नहुने बताउनुभएको थियो ।
विज्ञप्ति जारी गर्दै ओलीले पार्टी विभाजन विरुद्ध एकजूट हुन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्