१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनीमा नयाँ सरकारको आह्वानमा प्रदेशसभाको अधिवेशन आजदेखि शुरु हुँदै


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखी शुरु हुँदैछ । मुख्यमन्त्री कुलप्रसाद केसीले अधिवेशनको आह्वान गर्नुभएको हो । दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।

यस्तै मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक तथा वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूचि रहेको छ ।

यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको वधिेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूचि छ । अधिवेशन शुरु भएको एक दुई दिनमै सरकारले विश्वासको मत लिने र मन्त्रपिरषिद्लाई वस्तिार गर्ने मुख्यमन्त्रीको तयारी रहेको बुझिएको छ ।