१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीरगञ्जमा अनलाईन प्रविधिबाट काम


0
Shares

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दुर्गम वडाहरुमासमेत अनलाई प्रविधिबाट राजस्व संकलन गर्न थालेको छ । महानगरपालिकाबाट २० किलोमिटर दुर्गममा रहेको वडाहरुमासमेत अनलाइन प्रविधिबाट राजस्व संकलन हुन थालेको छ ।

महानगरपालिकाले आजदेखि २९ नम्बर वडाको आर्थिक र प्रशासनिक कामलाई अनलाइन प्रणालीसँग जोडेको छ । उनीहरुले महानगरपालिकाबाट पाउने सेवा र राजस्व बुझाउनका लागि अब वीरगञ्ज पुग्नु नपर्ने भएको छ ।

उज्यालो वीरगञ्ज पछि राजश्व बुझ्ने काम वडाबाट गरिने प्राविधिक प्रणालीलाई लागु गर्ने महानगपालिकाले जनाएको छ । आर्थिक महानगरीको रुपमा रहेको वीरगञ्ज महानगरपालिकाको १६ वटा दुर्गम वडाहरुको विकास भएको छैन ।