१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तीन विद्यालयसँग स्पष्टीकरण माग


0
Shares

काभ्रे । स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै भौतिक उपस्थितिमै विद्यार्थी पढाउने तीन विद्यालयलाई नमोबुद्ध नगरपालिकाले स्पष्टिकरण माग गरेको छ ।

नगरपालिकाभित्र रहेका मर्निङस्टार प्रिस्कुल, नव प्रतिभा अंग्रेजी मावि तथा सगुन विद्या मन्दिर माविसँग स्पष्टिकरण सोधिएको नगरपालिकाले जनाएको छ ।

‘के कति कारणले स्वास्थ्य मापदण्ड समेत पूरा नगरी विद्यार्थीको भौतिक उपस्थितिमै पढाइ सञ्चालन गरेको हो ?’ भनि उनीहरूसँग स्पष्टीकरण सोधिएको छ ।

स्पष्टिकरण सोधिएका विद्यालयलाई तीन दिनभित्र स्पष्टीकरण दिन र अन्यथा नियमाअनुसार कारबाही गर्ने नगरपालिकाले चेतावनी दिएको छ ।