१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा ३७ सय विद्यार्थीलाई कोभिडविरुद्धको खोप


0
Shares

चितवन । स्नातक र स्नातकोत्तर तहको परीक्षा दिने विद्यार्थीहरूलाई जिल्लामा कोरोनाविरुद्वको एष्ट्राजेनेका खोप दिइएको छ ।

जिल्लाका ७ वटा स्थानीय तहका खोप केन्द्रमा कुल ३ हजार ७ सय ४९ जना विद्यार्थीहरूलाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

खोप लगाउन सुरु भएको पहिलो दिन साउन ३१ गते सात स्थानीय तहका ८ सय २४ पुरुष र ८ सय महिला गरी १ हजार ६ सय २४ जनाले खोप लगाएका थिए ।

यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका नागरिकलाई जिल्लामा मंगलबारदेखि दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।