काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले साना उद्योगीका लागि यस वर्षको मौद्रिक नीतिक केही सकरात्मक रहेको जनाएको छ ।
मौद्रिक नीतिमा भएको महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था राम्रो भएको महासंघले जनाएको छ ।
यस्तै, कोभिड–१९ महामारीबाट प्रभावित उद्योग÷व्यवसायको शीघ्र पुनरुत्थानको लागि कार्यान्वयनमा ल्याइएको पुनर्कर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिइएकोमा महासंघले स्वागत गरेको छ ।
अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको केही व्यवस्थालाई निरन्तरता दिइएकाले अब विगतको भन्दा चुस्त संयन्त्रमार्फत कर्जा दिने व्यवस्था हुन जरुरी रहेको महासंघका अध्यक्ष श्याम गिरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्