युवासंघ नेपालले ‘नेकपा एमाले जिन्दावाद’, ‘मापसे सरकार मुर्दावाद’, ‘दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर’ जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् । युवासंघले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुङ्गामुढा समेत गरेको थियो ।
काठमाडौं । ओली पक्षीय युवासंघले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध प्रदर्शन गरेको छ ।
मंगलबार काठमाडौंको बानेश्वर चोकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधर संगठन राष्ट्रिय युवासंघ नेपालले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको हो ।
युवासंघ नेपालले ‘नेकपा एमाले जिन्दावाद’, ‘मापसे सरकार मुर्दावाद’, ‘दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर’ जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् । युवासंघले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुङ्गामुढा समेत गरेको थियो ।
सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पर्याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्