२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अनसनरत धन गुरुङ अस्पताल भर्ना


0
Shares

काठमाडौं । बेलायती सेना सरह पेन्सनको मागसहित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन बसिरहेका अनसनकारी मध्येका एक भुपु गोरखा सैनिक धन गुरुङ अस्पताल भर्ना हुनुभएको छ ।

बिगत १२ दिनदेखि अनसन बस्दै आउनुभएका अभियन्ता गुरुङको स्वास्थ्य अवस्था शिथिल भएपछि अस्पताल भर्ना गरिएको हो । मधुमेह र उच्च रक्तचापका विरामी रहेका गुरुङ दुई दिनदेखि अस्वस्थ भएपनि अस्पताल जान अस्वीकार गर्दै आउनुभएको थियो ।

गत जुलाई २१ तारिखबाट १७ दिन रिले अनसन पूरा गरेपछि ज्ञानराज राई, धन गुरुङ र पुष्प राना घले बेलायती प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’बाहिर अगस्ट ७ देखि आमरण अनसन बस्नुभएको हो ।