१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ईमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत विष्टलाई मातृशोक


0
Shares

काठमाडौं । ईमेज ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत (सिईओ) महेन्द्र विष्टलाई मातृशोक परेको छ ।

सिईओ विष्टका आमा पूर्णमाया विष्टको ८३ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो । लामो समयदेखि दमको समस्यासँग जुधिरहनुभएका उहाँको काठमाडौं मेडिकेयर अस्पतालमा उपचारकै क्रममा मंगलबार साँझ ६ बजे निधन भएको हो ।

काठमाडौंमा निधन भएका उहाँको अन्त्येष्टी भने गृहजिल्ला उदयपुरको बेलका नगरपालिका, आम्बासीमा गरिएको छ । दिवंगत विष्टका पति, पाँच छोरा र एक छोरी छन् ।