१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अष्टलक्ष्मी शाक्य बागमती प्रदेशमा एमाले संसदीय दलकाे नेता चयन


0
Shares

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुनुभएको छ ।

प्रदेश राजधानी हेटौंडामा बुधबार बसेको एमाले संसदीय दलको बैठकबाट माधवकुमार नेपाल पक्षीय नेतृ शाक्य संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

यसअघि संसदीय दलका नेता रहेको मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिनुभएको थियो । बागमती प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ । ससदीय दलको नेता भएसँगै शाक्य अब प्रदेशको नयाँ मुख्यमन्त्री बन्नेनेताहरूले बताएका छन् ।

लामो समयसम्म माधवकुमार नेपाल समूहमा रहेकी शाक्य नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिनुभएको हो ।

राजनीतिका जानकारहरुले यसलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको नयाँ अस्त्रको रुपमा हेरेका छन् ।