१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माधव छाड्दा मुख्यमन्त्री पक्का


0
Shares

काठमाडौं । नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै बागमती प्रदेश सरकारमा पनि हेरफेर हुने निश्चित भएको छ ।

अष्टलक्ष्मी शाक्यलाई एमाले बागमती प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत रुपले चयन गरिएको छ । यसअघि एमालेको नेपाल–खनाल खेमामा रहनुभएकी शाक्य केपी ओली पक्षमा प्रवेश गर्दै बागमती प्रदेशकी मुख्यमन्त्री बन्न लाग्नुभएको हो ।

मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई दलको नेता बनाइएको हो । हटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको हो ।

प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको छ । १ सय १० सदस्य रहेको बागमती प्रदेशमा ५६ सांसद्सहित एमाले स्पष्ट बहुमतमा छ ।

एमाले सांसद् पशुपति चौलागाईंको निधनका कारण प्रदेशसभामा एक स्थान रिक्त छ । बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।