७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो

ज्यान गुमाउनेको संख्या पनि बढ्याे

0
Shares

काठमाडौं । नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ जना थपिएसँगै देशभर संक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३८ जना पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले १६ हजार ८ सय ३८ जनामा गरिएको परीक्षणमा २० दशमलव २ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको जानकारी दिनुभयो ।

कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । बुधबार संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत केही बढेको हो । मंगलबार संक्रमणबाट २७ जनाको मृत्यु भएको थियो ।

यस्तै काठमाडौ उपत्यकामा ९ सय ९३ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंका ७ सय ११ ,ललितपुरका १ सय ६० र भक्तपुरका १ सय २२ जनामा संक्रमण देखिएको छ । उपत्यकापछि झापा ,मोरङ् , चितवन र कास्की जिल्लामा बढी संक्रमण देखिएको छ ।

उपत्यकामा नै ११ हजार ७ सय ५८ जना संक्रिय संक्रमित छन् । थप २ हजार १ सय ४ जनाले कोरोना संक्रमण जितेका छन् भने देशभर ७ सय ७० आइसियू र १ सय ७६ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।