७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


माधव नेपालले किर्ते गरेको आराेप लगाएकाे भाेलिपल्टै प्रदीप नेपालले भने, ‘म माधव नेपालको मान्छे हुँ’


0
Shares

काठमाडौं । नेता प्रदीप नेपालले आफु माधव नेपालको मान्छे भएको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै नेपालले आफू माधव नेपालको मान्छे भएको बताउनुभएको हाे ।

उहाँले अहिले आफू कुनै पनि कमिटीमा नरहेको र छ वर्षदेखि नै कमिटीविहिन भएको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘म माधव नेपालको मान्छे हुँ। अहिले मेरो कुनै कमिटी छैन, छ वर्षदेखि म कमिटी बिहिन, अबस्थामा छु।’

बुधबार माधव नेपालले नयाँ दल दर्ता गरेर केन्द्रीय कमिटीमा राख्दा नेपालले माधव नेपालले आफ्नो स्वतन्त्रता हनन् गरेको आरोप लगाउनुभएको थियो ।

उहाँले बुधबार लेख्नुभएको स्टाटस फेसबुकबाट हटाउनुभएको छ । नेपालले माधव नेपालले किर्ते गरेको आरोप समेत लगाउनुभएको थियो ।