
काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले आईएलओ अभिसन्धी १९० बारे युनियनका विभिन्न नेतृत्वलाई सचेतना अभियान कार्यक्रम सुरु गरेका छन् ।
१९० कार्यस्थलमा हुने लैङ्गिक दुर्व्यवहार र हिंसा विरुद्धको अभिसन्धी हो । युनियनले अभिसन्धी पारित गराउन नेपाल सरकारलाई लबिङ र दबाब दिन सुरुमा आफ्ना सदस्यहरूका लागि जानकारी दिने उदेश्यले कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले अभिसन्धी १९० पारित गराउन सुरुमा युनियनको विभिन्न संरचनामा जानकारी गराउने र नीति निर्माण तहमा लबिङ गरि अनुमोदनकोलागी पहल थाल्ने बताउनुभयो ।
युनियनका उपाध्यक्ष एवं आईएलओ गर्भर्निङ बडि सदस्य आशासिंह राठौरले अभिसन्धी १९० पारित भए लैङ्गिक हिंसा र दुर्ववहार न्यूनीकरण हुने भएकोले सरकारलाई हरेक क्षेत्रबाट दबाब सृजना गर्नुपर्ने बताउनुभयो ।
महासचिव योगेन्द्र कुँवरले कार्यस्थलमा हुने लैङ्गिक विभेदको अन्त्य गर्न ट्रेड युनियन कांग्रेसले अभिसन्धी १९० पारित गराउन विभिन्न अभियान गर्ने बताउनुभयो ।
सह–कोषाध्यक्ष शुशिला घिमिरेले विभिन्न चेतनामूलक अभियानमार्फत लैङ्गिक हिंसा अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो । ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समितिका अध्यक्ष सुधा दाहालले महिलाहरु सडकदेखि सदनसम्म हिंसामा रहेकोले १९० अभिसन्धी पारित गराउन सरकारलाई दवाव दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा डिएलका महासचिव लक्ष्मी रावलले अभिसन्धी १९० बारे राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन, युनियनका उपाध्यक्ष एवं आईएलओ गभर्निङ बडि सदस्य आशासिंह राठोरले लैङ्गिक विभेद ,उपमहासचिव राजेश पालिखेले अभिसन्धी १९० को परिचय र सहकोषाध्यक्ष शुशिला घिमिरेले समता, समानता, शक्ति र अवसरकोबारेमा प्रशिक्षण दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्