
काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन आएको छ । बुधबार ३८ अंकले बढेको नेप्से बिहीबार १८ अंकले घटेर ३ हजार १ सय ८० विन्दुमा आइपुगेको छ ।
यस दिन जीवन बीमा, निर्जीवन बीमा, व्यापार, माइक्रोफाइनान्स र अन्य समूहको सूचाङ्क हरियो हुँदा बाँकी समूका सूचक राताम्मे भएका छन् । निर्जीवन बीमाको ३ प्रतिशतले उकालो लाग्दा, जीवन बीमा र अन्य समूहको सूचकका लगानीकर्ताले पनि २ प्रतिशतले कमाए । यस दिन वाणिज्य बैंकका लगानीकर्ताले सबैभन्दा बढी ४ प्रतिशतले गुमाएका छन् ।
बिहीबार जीवन विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाउँदा एचआईडीसीएल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रो र पञ्चकन्या माइ हाइड्रोका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।
यस दिन २ सय २९ कम्पनीका ३ करोड ९ लाख १२ हजार ६ सय ९७ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७ सय ६६ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । बुधबार २१ अर्ब ३१ करोडको कारोबार हुँदा अहिलेसम्मकै सबैभन्दा उच्च कारोबार गत आइतबार भएको थियो । उक्त दिन २१ अर्ब ६५ करोडको कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्