
नुवाकोट । घरमाथिबाट आएको पहिरो पन्छाउने क्रममा नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।
बेलकोटगढी नगरपालिका–५ लामाचउरस्थित घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकाटले जनाएको छ ।
बिहिबार बिहान २ः३० बजेको समयमा घरको करेसामा आएको पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा लामिछाने पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा लागिएको छ । पहिराले घरसमेत क्षतिग्रस्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्