१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री शाक्यको पहिलो निर्णय : खोप कार्यक्रमको सञ्चालन गर्दै अनुगमन तथा नियमन

प्रवक्ताको जिम्मेवारी पाण्डेलाई

0
Shares

हेटौंडा । बागमती प्रदेश सरकारले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्दै अनुगमन तथा नियमन गर्ने भएको छ ।

अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेपछि बुधबार राति बसेको पहिलो मन्त्रिपरिषद् निर्णयले खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्दै अनुगमन तथा नियमन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्री केशवराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकले पाण्डेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।

पार्टी विभाजन हुने पक्का भएपछि माधवकुमार नेपाल समूहमा रहेकी शाक्यलाई नेकपा एमालेले बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्दै बुधबार राती नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । सोही बमोजिम उहाँले बुधबार अबेर राति शपथग्रहण गर्नुभएको थियो ।