
एजेन्सी । वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनका साविक विजेता डोमिनिक थिमले चोटका कारण प्रतियोगिताको आगामी संस्करण गुमाउने भएका छन् ।
गत जुनमा मायोर्का ओपनमा घाइते भएका २७ वर्षीय अस्ट्रियन टेनिस स्टार थिमले विम्बल्डनबाट आफ्नो नाम फिर्ता लिएका थिए । नाम फिर्तासँगै उनले आफ्ना लागि ‘कठिन निर्णय’ भएको र न्यू योर्कमा यो सिजन आफ्नो उपाधि बचाउन असमर्थ हुनु ‘निराशाजनक’ भएको बताएका छन् ।
युएस ओपन ३० अगस्ट सोमबारदेखि सुरु हुँदैछ । विश्व बरियताको छैठौं स्थानका थिमले आफू निरन्तर उपचारको क्रममा रहेका कारण प्रतियोगितामा सहभागिता जनाउन नसक्ने बर्ताएका हुन् । सन् २०२० को युएस ओपनको उपाधि थिमको पहिलो ग्रान्डस्लाम सफलता हो ।
फाइनलमा उनले दुई सेट पछाडिबाट पुनरागमन गर्दै अलेक्सान्डर जेभ्रेवलाई पराजित गरेका थिए । उनी सोही वर्ष अस्ट्रेलियन ओपनको पनि फाइनलमा पुगेका थिए । तर, विश्व नम्बर एक नोभाक जोकोभिचसँग पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्