१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आजदेखि कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिइने


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने भएको छ । महानगरले विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाउने भएको हो ।

प्लस टु र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप दिन लागेको महानगरले जनाएको छ । आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइनेछ । महानगरका अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५ र ८ गते सञ्चालन हुने छ ।