२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध


0
Shares

बैतडी । लगातारको वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोले बिहान ६ बजेदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भएपनि वर्षाका कारण प्रभावित भएको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर,डडेल्धुरा,बैतडीलगायतका स्थानका लागि छुटेकासवारी साधन ठप्प रहेका छन् । सवारी साधन रोकिदा यात्रुहरु पनि अलपत्र परेका छन् । यसका साथै सोही पहिराका कारण बैतडीको पुर्चौडी क्षेत्रको यातायात सेवा पनि अवरुद्ध भएको छ ।

वर्षातको समयमा पहिरोका कारणले जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।