१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ट्विटरमा गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्ध उजुरी दिन सकिने


0
Shares

एजेन्सी । सामाजिक सञ्जाल ट्विटरमा गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्धमा उजुरी दिन सकिने भएको छ ।

ट्विटरले गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो ।

गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था गरेपछि गलत सूचना प्रवाह हुने क्रम न्यूनीकरण हुने ट्विटरका सञ्चालकहरूले आशा व्यक्त गरेका छन् । व्यक्तिगत रूपमा अपमानित गर्ने, गाली–बेइज्जती गर्ने, अर्काको स्वन्त्रता हनन् गर्नेजस्ता कार्यका विरुद्धमा भने विगतमा पनि उजुरी दिन पाइने व्यवस्था रहेको थियो ।

गलत सूचना प्रवाह सम्बन्धमा पनि त्यही प्रक्रिया र प्रकृतिले उजुरी दिन सकिने व्यवस्था गर्न लागिएको सञ्चालकहरूले जनाएका छन् । राजनीति, जनस्वास्थ्यलगायत जनचासाेका विषयमा आउने गलत सूचनालाई न्यूनीकरण गर्ने ट्विटरको प्रयास गरेकाे जनाएकाे छ ।

अधिकारीकाअनुसार परीक्षणका रूपमा अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियाका प्रयोगकर्ताहरूले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ । यो सुविधा केही महिनापछि अन्य देशहरूबाट पनि उपलब्ध हुनेछ ।