१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


माधव पक्षका १४ सांसदलाई निष्कासन गर्न दबाब दिन सभामुख कक्षमा एमाले सांसद


0
Shares

agni sapkota answer to pm

काठमाडौं । एमलेको नेताहरु आज पनि सभामुखको कार्यकक्षमा दबाबका लागि पुगेकमा छन् । संसदीय दलको ह्वीप उल्लंघन गरेको अभियोगमा निष्कासनमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न आज पनि एमलेले सभामुखलाई दबाब दिन लागेको हो ।

सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी,गोकुल बास्कोटा,कृष्णभक्त पोखरेल,राजेन्द्र गौतम,लालबाबु पण्डित,विमला विश्वकर्मा,गोमा देवकोटा,सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन गएका हुन् ।

पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । सभामुखले भने आफूले कानून बमोजिम अध्ययन गर्ने बताउनुभएको छ ।

एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ ।