१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निषेधाज्ञा उल्लङ्घन गर्ने २ सय १३ सवारी नियन्त्रणमा


0
Shares

कास्की । पोखरामा निषेधाज्ञाको उल्लङ्घन गर्ने २ सय १३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ ।

राति १२ बजेदेखि लागू हुने गरी थप गरेको निषेधाज्ञाको उल्लङ्घन गर्ने १ सय ८८ वटा दुई पाङ्ग्रे र २५ वटा चार पाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिनुभयो ।

कास्की प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोरविजोर प्रणाली लागु गरेपछि त्यसको उल्लङ्घन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिइएको एसपी थापाले बताउनुभयो ।

पोखरा बजार क्षेत्रका महेन्द्रपुल, चिप्लेढुङगा, बगर, पृथ्वीचोक, सभागृह चोक, जिरो किलोमिटर लगायत कास्की जिल्ला भित्रिने मुख्य चेक पोइन्टहरूमा जाँच कडा पारिएको छ ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले लगाएको निषेधाज्ञा आदेश अनुसार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरू जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी मात्र चलाउन पाइने छ ।