
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएपछि स्वास्थ्यमा कुनै असर नदेखिए पनि खोपले काम गर्ने जनाएको छ ।
मन्त्रालयले शुक्रबार सूचना जारी गरी खोप लगाइसकेका व्यक्तिमा कुनै असर नदेखिए खोपले काम गर्दैन भनि फैलिएको भ्रमको खण्डन गरेको हो ।
खोपले दिने सुरक्षा र लगाएपछि देखिने असरबीच कुनै सम्बन्ध नरहेको भन्दै मन्त्रालयले खोप लगाउने सबै व्यक्तिमा शारीरिक असर नदेखिन सक्ने जनाएको हो ।
दुवै अवस्थामा खोपले काम गरिहेको हुँदा भ्रममा नपर्न मन्त्रालयले आग्रह गरेको हो । कोरोना विरुद्धको खोप लगाइसके पश्चात केही व्यक्तिमा हल्का ज्वरो आउने, जिउ दुख्ने जस्ता समस्या देखिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्