
बागलुङ । कोरोना संक्रमितको संख्या बढेपछि नियन्त्रणका लागि भन्दै बागलुङमा पाँच दिन निषेधाज्ञा थपिएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा बसेको बैठकले पाँच दिन जिल्लाभर कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । बैठकले भदौ १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।
यस अवधिमा स्वास्थ्य सामग्री तथा औषधि पसल चौबिसै घण्टा खुल्ने छन् भने फलफूल, तरकारी, दाना लगायतका पसल भने बिहान १० बजेसम्म मात्रै सञ्चालन हुनेछ । विद्यालय, क्याम्पस, तथा शैक्षिक संस्था, सिनेमा हल, पार्क, फुटसल, खेलकुद स्थल, जिमखाना, सैलुन रेष्टुरेण्ट, होटल, हार्डवयर पसल, बैंक तथा वित्तीय संस्था बन्द रहने प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्