१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भदौ १० गतेबाट सी डिभिजन लिग सुरु, उद्घान खेलमा सताक्षीधाम र च्याम्पियन ब्वाइज भिड्ने


0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले भदौ १० गतेबाट उपत्यकाका सुरु हुने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

यसअघि २५ जिल्लाका ७९ क्लब सहभागी हुने भनिएकोमा काठमाडौं युनाइटेड क्लबले अन्तिम समयमा नाम फिर्ता लिएको छ । उसका प्रतिनिधिले कोरोनाका कारण लिग नखेल्ने जानकारी दिएको एन्फाले जनाएको छ ।

अब छनोट प्रतियोगितामा बागमती प्रदेशबाट ६१ , प्रदेश नम्बर १ बाट ७ तथा अन्य प्रदेशबाट दुई/दुई क्लब सहभागी हुनेछन् । एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ क्लब रहेका छन् ।

तालिकाअनुसार क्लबले समूह चरणमा २ खेल खेल्नेछन् । हरेक समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नकआउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहका फाइनल विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्नेछन् । देशभरबाट ७८ क्लबको सहभागिता रहने लिग कार्तिक ८ समापन हुनेछ ।