१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेयर बजारका नियामक निकाय नै गैरजिम्मेवार, खानीखोलालाई किन भएन परिपत्र ?


0
Shares

काठमाडौं । विद्युत् नियमन आयोगले मंगलबार बजारमाप्रर्वद्धकले सेयर मुल्यमा अस्वभाविक वृद्धि गरि भ्रमपुर्ण वित्तिय विवरण सार्वजनिक गरेको भन्दै लगानीकर्तालाई सचेत हुन आग्रहगर्दै विज्ञप्ति जारी गर्‍याे ।

खानीखोला जलविद्युत कम्पनीले शेयर मूल्यमा अस्वाभाविक वृद्धि गराउने गरी भ्रमपूर्ण वित्तीय विवरण सार्वजनिक गरेको पाइएसँगै आयोगले विज्ञप्ति जारी गरेको थियो । गत साउन ३२ गते कम्पनीले बिजुलीविक्रि पछिको नाफा देखाई वित्तियविवरण सार्वजनिक गरेको थियो ।

उक्त विवरण प्रकाशसनसँगै कम्पनीको सेयर मूल्यमा उछाल आइ सकारात्मक सर्किट समेत लागेको थियो । यसरी कम्पनी र प्रवर्द्धक मिलेर लगानीकर्तालाई झुक्याउँदा समेत नियामक निकाय धितोपत्रबोर्डले यथार्थ विवरण पेश गर्न कम्पनीलाई परिपत्र समेत गरेको छैन ।

यस्ता जिम्मेवार निकायको गैरजिम्मेवारपनको सिकार नयाँ लगानीकर्ता हुनसक्ने देखिन्छ । नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क अनुुसार धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या ४१ लाखमाथि पुगिसकेको छ । यसमध्ये द्धितिय बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ता ८ लाख २५ हजार माथि रहेको जनाइएको छ । यसमा नयाँ लगानीकर्ता थप सचेत हुनुपर्ने देखिएको सेयर लगानीकर्ता राधा पोखरेल बताउनुहुन्छ ।

उसो त नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिहं साउदनै शेयर किनबेचमा मुछिएका खबरले नियमनमा प्रश्नचिन्ह खडा गरिसकेको छ ।