
काठमाडौं । अफगानिस्तानको काबुलबाट कुवेत हुँदै नेपाल आएका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ विमानस्थल अवतरण गरेका १ सय ५६ जनामध्ये एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना देखिएको हो ।
संक्रमित व्यक्तिलाई कीर्तिपुरस्थित आयुर्वेदिक औषधालयको आइसोलेसनमा पठाइएको छ । कन्ट्याक ट्रेसिङमा परेका अन्य २८ जनालाई सुन्धारस्थित एक गेष्ट हाउसमा क्वारेन्टिनमा राखिएको छ भने अन्य १ सय २७ जनालाई भने होम आइसोलेसनमा बस्न आग्रह गर्दै घर पठाइएको हो ।
अहिलेसम्म द्वन्दग्रस्त मुलुक अफगानिस्तानबाट ४ सय ६१ जनाको उद्वार गरेर स्वदेश ल्याइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । यस्तै ९ जना नियमित उडानबाट नेपाल आउने क्रममा रहेका पनि मन्त्रालयले जनाएको छ । साँझ ५ बजेसम्ममा ३ सय १० जनाले स्वदेश फिर्तीका लागि कन्सुलर विभागको वेबसाइटमा विवरण दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्