१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी ‘बचाउ’ नामक मोबाइल एप लन्च


0
Shares

disable friendly app

काठमाडौं । अपांगता भएका व्यक्तिहरुका लागि लक्षित गरी ‘बचाउ’ नामक मोबाइल एपको सुरुवात गरिएको छ । युएसएआइडीको तयार नेपाल परीयोजनाको सहयोगमा अतुल्य फाउण्डेसनलेले तयार पारेको सो एप्लिकेशन, बहिरा र सुस्त श्रवण भएका व्यक्तिलाई लक्षित गरी तयार पारिए पनि सबै प्रकारका अपांगता भएका व्यक्तिलाई आकस्मिक सेवामा सहयोग पुग्ने बताइएको छ ।

सो एप्लिकेशनमार्फत बहिरा र सुस्त श्रवण भएका व्यक्तिले आफूलाई परेको समस्याका बारेमा एपमार्फत प्रहरी, दमकल वा एम्बुलेन्सलाई जानकारी गराउन सक्ने छन् । एप्लिकेशनमार्फत सहयोगका लागि अपील गर्दा प्रहरीले सहयोग आवश्यक पर्ने व्यक्ति रहेको वा घटना भएको स्थानसमेत जानकारी पाउने भएकाले सहजिकरणका लागि छिटो हुने अपेक्षा गरीएको छ ।

एप सार्वजनिक कार्यक्रममा अतुल्य फाउण्डेसनका अध्यक्ष पल्लव पन्तले नेपालका सरकारी र गैरसरकारी निकाय अपांगमैत्री नभएको अवस्थामा सानो प्रयासस्वरुप बचाउ एप सार्वजनिक गरेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापनमा प्रविधिको प्रयोग गर्दा अपांगता भएका मात्र नभइ सबैलाई यो फलदायी हुने बताउनुभयो । प्रविधिसँग अपांगता भएका व्यक्तिहरुलाई विपदको जोखिमबाट बच्न र न्यूनिकरण गर्न सहज हुने अपेक्षा लिएको अध्यक्ष पन्तको भनाइ छ ।