१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चार प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित ठूलाे वर्षा हुने


0
Shares

काठमाडौं । आज देशभरी सामान्यदेखि पूर्ण बदली भइ विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यून चापीय प्रणाली नेपालबाट केही दक्षिण तर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

दिउँसाे, देशभर नै सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद सजिना शाक्यले बताउनुभयो । प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको पनि मौसमविद शाक्यले बताउनुभयो । पहाडी क्षेत्रमा गेग्रानसहितको बहाव, बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।