
पोखरा । पोखरास्थित फुटबल रङ्गशालामा फ्लड लाइट राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि फ्लड लाइट राख्न लागिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष पाँच करोड रुपैयाँ विनियोजन गरेर काम सुरु गर्ने भएको हो । रङ्गशालाको काम तीन वर्षअघिदेखि सुरु भएपनि अहिले निर्माण अन्तिम चरणमा पुगेको छ । एक अर्ब २८ करोड रुपैयाँको लागतमा निर्माण सुरु भइरहेको रङ्गशालामा सुरुआतमा फ्लड लाइट र स्कोर बोर्ड राख्ने योजना थिएन ।
अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिताका लागि रङ्गशालामा लाइट अनिवार्य गरीएपछि लाइट राख्न लागिएको हो । लाइट राख्नका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन भएकाले यसै वर्ष बोलपत्र आह्वान भएर फ्लड लाइट जडानको काम सुरु हुने बताइएको छ । रङ्गशालाको चारै कुनामा बत्ती राखिने छ ।
प्रतिक्रिया दिनुहोस्