
केशव कोइराला
बर्दिया । लामो समयसम्म बहाल बिटोरी कर तिर्दै आएका यहाँका बासिन्दाले नगरपालिका स्थापना पश्चात बहाल बिटोरी कर तिरिरहेका छन् । १८ बिगाह १० घुर क्षेत्रफलमा फैलिएको राजापुर बजारमा बसोवास र व्यवसाय गर्दै आएका बासिन्दाले पुर्जा बिहिन हुँदा जिवनयापन गर्न धौ धौ भएको गुनासो गर्दे आएकाछन् ।
पुर्जा नहुँदा बैंकीङलगायतका व्यवसायीक कारोबार गर्न नपाएको गुनासो गरेकाछन् । तत्कालिन भुमिसुधार तथा व्यवस्थामन्ंत्री गोपाल दहितको पालामा धनीपुर्जा दिने भनेपछी ४ सय ६२ जनाले वडा कार्यलयवाट सिफारिस लिएका थिए । त्यसमा १ सय ५८ जनाले धनिपुर्जा पाएका छन् भने ३ सय ४ जना पुर्जापाउन बाट बञ्चीत छन् । त्यसमापनी बैदेशिक रोजगार र अन्यत्र गएकाहरु छुटेका छन् ।
पछिल्लो समय भुमि सम्वन्धी समाधान आयोगले संकलन गरेको लगतमा राजापुर बजारका ३ सय १५ जनाले सिफारिश लिएको नगरपालिकाले जनाएको छ । पुस्तौदेखि राजापुर बजारमा बस्दै आएकोमा आफुहरुले अहिलेसम्म जग्गाधनी पुर्जा नपाएको राजापुर ४ का हनिप धपालीको गुनसो छ ।
जग्गाधनी पुर्जाका लागि पटक– पटक फाइल बुझाएको भएपनि अहिलेसम्म अत्तोपत्तो नभएको राजापुर ४ कै बिरेन्द्र गुप्ताले पुर्जा नभएका कारण घर बनाउन देखी बैंक कारोबारो गर्नसमेत पाएका छैनन् ।
बर्षौ देखी जोत भोग गर्दै आएको जग्गा जमिनको पुर्जा पाउनु राज्यका आम नागरिकको अधिकार हो । आफ्नो अधिकारको वोध गर्नवाट बञ्चीत गराइनु राज्य सञ्चालक संंयन्त्रको चरम लापरबाही हो । बेलाबेलामा हुदै आएकौ राजनीतिक परिबर्तनका कारण फेरवदल हुने आयोगका कारण सर्वसाधारणलाई सास्ती किन ? यस तर्फ राज्यका नियकाले सोच्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्