१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङ प्रहरीमा जनशक्ति अभाव


0
Shares

बागलुङ । दरबन्दी अनुसारको जनशक्ति पदपूर्ति नहुँदा जिल्ला प्रहरी कार्यालय बाग्लुङमा समस्या भएको छ ।

५ सय ८७ जनाको दरबन्दी रहेको बागलुङमा हाल ३ सय १४ जना मात्रै प्रहरी हुँदा कठिनाइ भएको हो । जिल्लामा रहेको मौजुदा जनशक्ति अवकाश पाउँदा १ सय १ जनाको दरबन्दी खाली छ ।

सरुवा भएर आउनेहरू पनि काजमा बस्दा जनशक्तिको कमी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।

जनशक्तिको अभाव हुँदा जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै कोरोना संक्रमण नियन्त्रणका लागि खटिने प्रहरीको पनि अभाव भएको छ ।