
काठमाडौं । जनै र जनै पूर्णिमाको रातमा खाइने क्वाँटीको व्यापार ह्वात्तै घटेको व्यापारीहरूले बताएका छन् ।
जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरूले जनै र क्वाँटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको बताएका हुन् ।
असरका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाँटीको व्यापार धेरै कम भएको बताउनुभयो ।
यसैबीच असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दूर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरूले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दिनुभयो ।
उहाँले कोहीकोही बुढाबुढीले जनै लगे पनि युवाहरू धेरैले यसलाई लगाउननै छाडिसकेको बताउनुभयो । न्यौपानेले १५ र २५ रुपैयाँ दरका जनै व्यापार गर्ने गर्नुभएको छ । तर, ग्राहक पाउनै समस्या भएको उहाँको गुनासो छ ।
जनै पूर्णिमालाई हिन्दुहरूको विशेष पर्व मानिन्छ । तर, कोरोनालगायतका प्रभावका कारण जनै र क्वाँटीको व्यापार भने कम हुँदै गएको व्यापारीहरूको बुझाइ छ ।
आइतबार हिन्दु धर्मावलम्बीका तागाधारीहरूले जनै फेर्ने गर्छन् भने वर्षाभरीको खेतीपातीको कामले शरीमा पसेको चिसो निकाल्नका लागि ९ थरी गेडागुडी मिसाएर बनाएको क्वाँटी खाने परम्परा छ ।
प्रतिक्रिया दिनुहोस्