१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनापछि भूमि पेडनेकरले झेलेको स्वास्थ्य समस्या


0
Shares

एजेन्सी । भारत लगायत विश्वका अधिकाशंक कलाकारहरुलाई कोभिड–१९ को संक्रमण भएको छ ।

संक्रमणपछि उपचार गरेर घर फर्किएकाहरूको स्वास्थ्यमा अझै पनि समस्या आइरहेको छ । संक्रमित भएर अस्पताल बसेकाहरुमा संक्रमणमुक्त भएपछि पनि स्वास्थ्य समस्याहरु देखिइरहेका छन् ।

यस्तै समस्या भारतीय अभिनेत्री भूमि पेडनेकरले पनि भोग्नुपरेको छ । उनले एक टेलिभिजन अन्तर्वार्तामा कोभिडपछि आफ्नो कपाल झर्ने समस्या बढेको बताइन् ।

साथै उनले आफूमा पहिलाको जति स्टामिना नभएको र अनुहारको ग्लो पनि हराएको बताइन् । आफूमा समस्या देखिएपछि गुगलमा गएर हेर्दा स्टामिना कम हुनु र कपाल झर्नु कोरोनाको सबैभन्दा ठूलो साइडइफेक्ट भएको थाहा पाएको उल्लेख गरिन् ।

टेलिभिजन अन्तर्वार्ताको क्रममा उनले आफूले शाहिद कपूर, शाहरुख खान र आमिर खानसँग काम गर्न मन लागेको बताएकी छन् । उनले आफूलाई शाहिद कपूरको काम पहिल्यैदेखि राम्रो लाग्ने उल्लेख गर्दै शानदार नायक भनेर सम्बोधन गरेकी छन् ।

यस्तै उनले आमिर र शाहरुख मन पर्ने विषयमा भनिन्, ‘उहाँहरुको विषयमा त भन्नैपर्दैन ।’

भूमिले दम लगाके हैसा, ट्वाइलेट ः एक प्रेम कथा, शुभ मंगल सावधान, सान्ड कि आँख, बाला लगायतका फिल्ममा काम गरिसकेकी छन् ।