१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१ सय ५० भारतीयसँग तालिबानको लामो सोधपुछ


0
Shares

एजेन्सी । अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानले नियन्त्रणमा लिएका १ सय ५० भारतीयलाई लामो सोधपुछपछि छाडेको छ ।

शनिबार बिहान काबुल विमानस्थलबाट भारत फर्कन लागेका उनीहरुलाई तालिबानले नियन्त्रणमा लिइ एउटा ट्रकमा राखेर लगेको थियो । उनीहरुलाई लामो सोधपुछपछि छाडिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तालिबानले छाडेका १ सय ५० जना अहिले काबुल विमानस्थलमा छन् । उनीहरु स्वदेश फर्कन विमान कुरिरहेका छन् । स्रोतलाई उद्धृत गर्दै एनडिटिभीले बताएअनुसार उनीहरुको यात्रा विवरणबारे सोधपुछ गर्नका लागि तालिबानले प्रहरी चौकी लगेको थियो ।

तालिबानले १ सय ५० जनालाई नियन्त्रणमा लिनु केहीबेर अघि भारतले आफ्नो एयरफोर्स पठाएर काबुलबाट ८५ भारतीयलाई स्वदेश ल्याइसकेको थियो । भारतले यसअघि नै आफ्ना दूतावासका कर्मचारीलाई अफगानिस्तानबाट निकालिसकेको छ ।